डा. केसीले जन्ममितिमा त्रुटि भएको स्विकारे

काठमाडौँ, १० फागुन-त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका प्राडा गोविन्द केसीले आफ्नो शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक–फरक जन्ममिति रहेको स्वीकार गरेका छन् । उनको नागरिकतामा २७ असोज ०१३, एस्एल्सीको चारित्रिक प्रमाणपत्रमा २४ माघ ०१३ र बढुवा आवेदनमा २७ असोज ०१३ जन्ममिति रहेको केसीले जनाएका छन् बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मानवीय त्रुटिका कारण तीनवटा जन्ममिति भएको उनले बताएका छन् । उनी यसअघि प्रधानन्यायाधीशको नागरिकताको विषयलाई लिएर प्रश्न उठाउँदै आएका थिए । केसीले विज्ञप्तिमा भनेका छन्, ‘प्राविधिक त्रुटिवश एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २४ माघ ०१३ हुन गएको छ ।’उनले बढुवाका लागि भरेको आवेदनमा पर्न गएको फरक जन्ममिति मानवीय त्रुटि भएको दाबी गरेका छन् । नयाँ पत्रिकामा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?