संसदबाट शोक प्रस्ताव पारित

काठमाडौं । बुधवार बसेको प्रतिनिधि सभा बैठकले शोक प्रस्ताव पारित गरेको छ । बुधबार बिहान नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकोमा उनको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

केहीबेर अघि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठकले उक्त शोक प्रस्ताव पारित गरि संसदमा पठाएको थियो ।

सांसद छन्त्यालको बुधबार बिहान काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराइरहेका बेला निधन भएको हो ।

मुटु रोग सम्बन्धी समस्याबाट पीडित छन्त्याल बाग्लुङको तमानखोला गाउँपालिका वडा नं ५ खुंखानीमा जन्मिएकी थिइन् । बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् ।

उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।

मंगलबारको स्थायी कमिटि बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए ।

गत असार १० गतेबाट शुरु बैठकले विभिन्न ७ वटा एजेण्डाहरु तय गरेको थियो । जसमा मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०, नेपाल भारत सीमा विवाद, कोरोना महामारी तथा रोकथामका उपाय लगायत एजेण्डा समेटिएपनि बैठकमा पार्टी भित्रको आन्तरिक किचलोलाई मुख्य केन्द्रमा राखि छलफलहरु भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?