केहीबेर बसेर नेकपा बैठक स्थगित, के हो कारण ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पाचौँ दिनको बैठक केहिबेर बसेर स्थगित भएको छ ।

पार्टीभित्र चरम विवाद देखिएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएकोमा बैठक स्थगित भएको छ ।

शोक प्रस्ताव पारित गर्न संसदमा जाने विषयमा कुराकानी भएपछि बैठक स्थगित भएको छ ।

बुधबार बिहान नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकोमा उनको निधनमा शोक प्रस्ताव पारित गर्न संसदमा जाने विषयमा कुराकानी भई स्थगित भएको छ ।

काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराइरहेका बेला निधन भएको हो । मुटु रोग सम्बन्धी समस्याबाट पीडित छन्त्याल बाग्लुङको तमानखोला गाउँपालिका वडा नं ५ खुंखानीमा जन्मिएकी थिइन् । बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् ।
उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।

मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए ।

गत असार १० गतेबाट शुरु बैठकले विभिन्न ७ वटा एजेण्डाहरु तय गरेको थियो । जसमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नेपाल भारत सीमा विवाद, कोरोना महामारी तथा रोकथामका उपाय लगायत एजेण्डा समेटिएपनि बैठकमा पार्टी भित्रको आन्तरिक किचलोलाई मुख्य केन्द्रमा राखि छलफलहरु भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?