काठमाडौं । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम शुरु भएको छ । भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा सञ्चालित उक्त तालीममा नौ कर्मचारी सहभागी छन् । यही असार २० गतेसम्म चल्ने सो तालीममा विज्ञबाट सुनचाँदीका गरगहना, बहुमूल्य पत्थर र त्यसको परीक्षणसम्बन्धी प्राविधिक प्रशिक्षण दिइने बताइएको छ ।
सो अवसरमा प्रमुख भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले यस्तो कठिन अवस्थामा पनि महासङ्घले प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि उपलब्ध गराउन लागेकामा खुशी व्यक्त गर्दै यसले सरकार र महासङ्घबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
महासङ्घका अध्यक्ष रमेश महर्जनले आयात–निर्यातसँग सम्बन्धित सरकारी निकायमा सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा वस्तुको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै यसले व्यवसायीलाई सहज हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया