ट्याक्सी व्यवसायी सडकमा

काठमाडौं । सरकारले लकडाउन केही खुकुलो बनाउँदै निजी प्लेटका सवारीसाधनलाई तीन चार जना राखेर हिँड्न दिए पनि ट्याक्सी चलाएरै बिहान–बेलुकीको जोहो गर्ने ट्याक्सी व्यवसायीलाई भने मानिस राखेर हिँड्न रोक लगाएपछि ट्याक्सी व्यवसायी एकैपटक आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार उनीहरूले राजधानीका सडकमा एकैपटक तीन सय ट्याक्सी तेस्र्याउँदै भने, ‘रोगभन्दा भोकले मर्ने अवस्था आयो, काम गरेर खान देऊ सरकार ।’

ट्याक्सी लिएर सडक संघर्षमा उत्रिएका उनीहरूले बैंक तथा फाइनान्सले गाडी खोस्ने अवस्था आएको भन्दै अब बिहान–बेलुकी खान धौ धौ पर्ने स्थिति आएको बताए । उनीहरूले रातो प्लेटको निजी सवारीमा कोरोना नसर्ने, कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार भन्दै थप गुनासो पोखे ।

प्रदर्शनीमा सहभागी अधिकांशले ट्याक्सी अन्य सार्वजनिक सवारी साधनको तुलनामा निकै सुरक्षित हुने दाबी गरे । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?