धनगढीमा पार्क निर्माण हुँदै

गगन अयडी धनगढी, १० फागुन–पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सघन शहरी कार्यक्रम अन्तगत धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीमा पार्क निर्माण भइरहेको छ ४ विगाह क्षेत्रफलमा पार्क निमार्ण भइरहेको हो । अहिलेसम्म पार्क निर्माणको कार्य ७० प्रतिशत सकिएको छ । पार्क निर्माण पश्चात आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनाउनका लागि अहिले धनगढीमा उपमहानगरपालिका १५ मा पार्क निर्माण हुदैछ । ३ करोड १० लाख रुपैयाको लागतमा निमार्ण हुने पार्कले यस क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरञ्जन पदान गर्नेछ अहिलेसम्म पार्कको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ । पार्क निर्माणका लागि २०७४ असार ३० गते देवसि÷एल.बि.जेभि निर्माण कम्पनीसंग सम्झौता गरिएको थियो । पार्क २०७५ को पुष २९ गतेसम्म निर्माण गरिने लक्ष्य छ । अहिले पार्कको पर्खाल, शौचालय निर्माण, सुईमीङपुल लगायत भौतिक संरचना निमार्णको काम भईरहेको निमार्ण कम्पनीका ठेकदार पतिराम चौधरीले बताए पार्क निर्माण पश्चात पर्यटकको आवागमनमा वृद्धि हुने स्थानीयले अपेक्षा गरेका छन् । पशिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर नजिकै पर्ने भएकाले पनि पार्क अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुने स्थानीयले आशा गरेका हुन् अहिले पार्क निर्माणको कार्य तिव्र भइरहेको छ । हालसम्म ७० प्रतिशत निर्माण कार्य सकिएको शहरी विकास तथा सडक डिभीजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए स्वदेशमा रोजगारीको अभाव हु‘दा दिनहु ठूलो संख्यामा युवा जनशक्ति पलायन भइरहेको छ तर, पछिल्लो समय जिल्लामा ठूलो लागनीमा निर्माण भइरहेका भौतिक कार्यले धेरै युवालाई रोजगारी समेत दिइरहेको छ । निर्माण भइरहेको पार्कमा पनि धेरै युवाले काम पाएका छन् बढ्दो बेरोजगारीको समस्यालाई केही समाधान गरेकोमा पार्क निर्माणमा कार्यरत मजदुर हर्षित छन् । पार्क निर्माणपछि यहाको पर्यटन विकासमा टेवा पुग्नेछ त्यसका लागि पार्क समयमै निर्माण सम्पन्न हुनुपर्छ । साथै, निर्माण पश्चात व्यवस्थित तरिकाले संचालन गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?