काठमाडौं । लकडाउनको कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति नजिकिएसँगै सरगर्मी बढेको छ ।
आगामी साउन २५ र २६ गतेको लागि मिति तोकिएसँगै महासंघको नेतृत्वमा पुग्ने आकांक्षीहरुले चुनाबी तयारी शुरु गरेका हुन् ।
उनीहरुले सम्पर्क कार्यालय नै स्थापना गरेर चुनाबी प्रचारप्रसारमा जुट्न थालेका छन् ।
यसै क्रममा वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधान समूहले चुनावी तयारीका लागि सम्पर्क कार्यालयले स्थापना गरे।
महासंघका आगामी अध्यक्ष शेखर गोल्छा ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा खोलिएको सम्पर्क कार्यालयको निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठको सहभागितमा कार्यालयको उद्घाटन गरेका हुन् ।
महासंघले आगामी साउन २५ र २६ गते ५४ औं साधारण सभा बोलाएको छ । उक्त साधारण सभाले महासंघको अध्यक्ष बाहेकका पदाधिकारीको चयन गर्नेछ। महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष गोल्छा अध्यक्ष हुनेछन् ।
आगामी महाधिवेशनका लागि किशोर कुमार प्रदान र चन्द्र ढकालले वरिष्ठ उपाध्यक्ष पदमा चुनाव लढ्दै छन् ।
आगामी कार्यकालका लागि स्वत अध्यक्ष गोल्छाले प्रधानलाई सहयोग गर्ने बताइसकेका छन्। प्रधानको टिममा प्रधान वरिष्ठ उपाध्यक्षमा उठ्दैछन भने जिल्ला उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति प्रतिस्पर्धा गर्दै छन्। उनीहरुले नै साउन अन्तिममा हुने निर्वाचनको लागि सम्पर्क कार्यालय खोलेका हुन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्वार ढकालले पनि प्यानल नै बनाएर उम्मेद्वारी दिने तयारी गरेका छन् । ढकाल समुहबाट जिल्ला नगरमा गुणनिधि तिवारी, एशोसियटमा रामचन्द्र सांघाई तथा वस्तुगतमा उमेशलाल श्रेष्ठले उम्मेद्वारी दिने छन । महाधिवेशनका लागि ढकाल समूहले पनि सम्पर्क कार्यालय खोली सरगर्मी बढाउन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया