काठमाडौं । अज्ञात समूहको आक्रमणबाट घाइते भएका दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकप्टर चार्टर गरी काठमाडौंँ लगिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार अज्ञात समूहको प्रहारबाट टाउको, खुट्टालगायतमा चोट लागेका डाँगीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि आज अपराह्न साढे ४ बजे काठमाडौँ ल्याइएको हो ।
चार जनाको समूहमा आएका व्यक्तिले वडाध्यक्ष डाँगीलाई मध्याह्न १२ बजे वडा कार्यालय नजीकै आक्रमण गरेको प्रहरीले बताएको छ । घटनास्थल नजीकै नेत्रविक्रम चन्द समूहको पर्चासमेत भेटिएको जनाइएको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया