काठमाडौं – फट्याङ्ग्रा प्रजातिको सलह कीरा नेपाल प्रवेश गरेको ३ दिनमा २६ जिल्लामा देखिएको छ ।
गएको शनिवार बिहान करिब ७ ८ बजेको समयमा छिमेकी भारतको विहारबाट रुपन्देहीको भैरहवा, बारा, पर्सा, सर्लाही, मकवानपुर र कपिलवस्तुमा देखिएको सलह एक दिनमा नै पहाड उक्लिएको थियो । नेपाल भित्रिए लगत्तै यसले विभिन्न वनस्पतिका बोटमा बसेर फल, फूल, डाँठ, पात, हाँगा, बोक्रा सबै खाएरमात्रै उडान भरेको थियो ।
यो कीरा फट्याङ्ग्रा जस्तै देखिने तर केही ठूलो हुन्छ । र, यसले अत्याधिक खान्छ । वनस्पतिका फल, फूल, डाँठ, बोक्रा, पात, हाँगा, सबै खाईसक्छ । निकै टाढाको उडान भर्छ । समूहमा हिँड्छ । अचम्म त के छ भने हावा बहेको दिशातिर यस कीराले एकैदिन साँढे ३ सय किलोमिटरसम्म यात्रा तय गर्न सक्छ ।विज्ञ भन्छन्, सलह एकठाउँमा बसेपछि खाएर सक्काएर अन्यत्र उड्छ ।
नेपालमा सलह कीराको उडान गति भने अन्य देशमा जस्तै तिव्र नै देखिएको छ । तर यसको उडान दिशा र गति भने हावाको बहाबमा निर्भर गर्छ ।
जब गन्तव्य आयो तबमात्रै यो किरा जमिनमा ओर्लेर हरियो परियोमा आक्रमण गरेर रात बिताउँछ ।
रातको समयमा, वर्षात् को समयमा, अत्याधिक चिसोमा, हावाको वहाव विपरीत दिशातिर भएमा यो कीरा धेरै टाढासम्म उड्न सक्दैन ।
हेर्दा सानो भएपनि सलहको एक झुण्डले एकैपटकमा ३४ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न तथा अन्नबाली सखाप पार्छ ।

भारतमा यस कीराले आतंक मच्याउन सुरु गर्दा नेपालमा यसको संभावित जोखिम अध्ययन गर्न गठित कार्यदलले गत जेठ २४ मा नेपालमा सलहको प्रकोप तत्काललाई टरेको र अहिले नआउने आशयको प्रतिवेदन गत जेठमा बुझाएका थिए । तर यस कीराले आतंक मच्याउन सुरु गरिसकेको छ ।
कहिले ? कहाँ ? देखियो
असार १३ गते बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, रुपन्देही, कपिलवस्तु, पाल्पा
असार १४ गते महोत्तरी, स्याङ्जा, दाङ, कपिलवस्तु, कास्की, पाँचथर, उदयपुर खोटाङ
असार १५ गते चितवन, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, प्युठान, गुल्मी र कैलाली
मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र अन्र्तगतको सलह सूचना केन्द्रले जनाएको छ । बारा, पार्सा, रौतहट र सर्लाहीमा करिब दुई तीन हजारको झुण्डमा मात्रै देखिएको सलह अहिले निकै ठूलो झुण्डमा देखिएको छ । केन्द्रले भनेको छ नेपालमा ठूलो झुण्डको सलह तितरबितर भएर उडिरहेको जानकारी प्राप्त भएको छ । यसले विभिन्न जिल्लाका भर्खरै रोपेको धान, मकै, तरकारी, जंगलको हरियाली, पोसिलो घाँस, केराखेतीमा पुर्याएको छ ।
कहाँ छन् सलह ?
महोत्तरीको बर्दीबास र मकवानपुरगढीमा रहेको सलहको झुण्डको संख्या यकिन नभएको, तिनीहरु जंगल तथा सिन्धुलीतर्फ गएको
मकवानपुरको बकैया र हेटौँडामा करिब १० लाखको संख्यामा सलहको झुण्ड रहेको, केही सलह चितवनतर्फ उडेको
चितवनमा सोमबार कालिका, शक्तिखोर र रत्ननगरमा एक लाखको संख्यामा सलह देखिएको, यो सलह नउडेको त्यहि रहेको
सिन्धुलीको भिमानमा दुईदेखि तीन लाखको संख्यामा सलह भेटिएको, केही काभ्रे र केहि रामेछापतर्फ अघि बढेको
रामेछाप, काभ्रे र काठमाडौं उपत्यकामा सानो संख्यामा देखिएको
रुपन्देहीको कालीकानगर, वुटवल र सैनामैनामा करिब ५ देखि ७ लाखको झुण्डमा देखिएको कपिलवस्तु र पाल्पातर्फ उडेको
कपिलवस्तुको वाडगंगामा आइतबार ७ हजारभन्दा बढीको झुण्डमा देखिएको र असार १४ गते पाल्पा पुगेको त्यहाँ करिब ४ देखि ५ लाख झुण्डमा देखिएको त्यसपछि सलह स्याङ्जा र गुल्मीतर्फ उडेको
स्याङ्जाको कालीगण्डकीमा करिब ५० हजार हाराहारीमा देखिएको दाङको गधवा, तुलसीपुरमा ४ हजारको झुण्डमा देखिएको
कपिलवपस्तुको बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकामा ८ देखि १० लाखको झुण्डमा सलह देखिएको उत्तर पश्चिम हुँदै दाङ, प्युठान र रोल्पातर्फ उडेको
कास्कीमा झण्डै दुई लाखको झुण्डमा सलह भेटिएको गुल्मी, प्युठान, पाँचथर, उदयपुर, र खोटाङ, कैलालीमा सानो संख्यामा सलह भेटिएको
नेपालमा कति समय रहला ?
कोरोना त्रासदीका बीच बसेका किसानले अर्को सामना गर्न परेको छ । यदी सलह अन्य देशमा जस्तै बस्ने हो भने यहाँका अन्नबाली सखाप पार्नेछ । तर विज्ञहरुले भनेका छन् यो लामो समय नेपालमा बस्दैन । यसको प्रजनन र सन्तान उत्पादन नेपालको जस्तो माटोमा हुन सक्दैन । त्यसैले यो कीराले भारत र पाकिस्तानलाई आक्रान्त पारेजस्तो नेपाललाई नपार्ला तर विज्ञहरुले आफ्नो प्राथमिकतामा परेको बाली र तिनका विरुवा जोगाउन भने सुझाव दिएका छन् । यो सुरुवात भएकोले यदी मौसममा बदलाब आएमा कीरा नेपाल आउन सक्छ । त्यसैले किसानले, स्थानीय सरकार प्रदेश सरकार र केन्द्रमा तयारी गर्न ढिलाई गर्नुहुँदैन ।
अफ्रिकी देशबाट ईरान, पाकिस्तान, भारत हुँदै नेपाल आएको यो फट्याङ्ग्रा प्रजातिको कीराले हरियोपरीयो सखाप हुनेगरी खाईदिने भएकोले कोरोना भाईरस ‘कोभीड १९’ को को मार खेपेका कृषकले खाद्यान्न अभाव जस्तो अर्को अप्ठेरो पनि झेल्नुपर्ने अवस्था आउने हो की ! भन्ने चासो र चिन्ता बढेको छ ।
यसै सन्दर्भमा लोकपथ डटकमले नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वैज्ञानिक डाक्टर काशीनाथ चिलुवालसँग प्रश्न राखेका थियौँ सलहबाट बोटविरुवा जोगाउने कसरी ?
उहाँका सुझाव यस्ता छन् :
-बालीको प्राथमिकता निक्र्यौल गर्ने , आफ्ना खेतीपातीमध्ये सबैभन्दा प्रमुख खेतिबाली कुन हो ? यसको यकिन गर्ने
-अहिले धान रोपाईको समय भएकोले ब्याडमा राखिएको धानको बीउ सुरक्षित गर्न सलह आफ्नो क्षेत्रमा आए नआएको बारे जानकारी राखिरहने, अधिकांश स्थानमा मकैबारी छन् । तिनमा यसको आक्रमण भयो भने निकै ठूलो क्षति पुग्छ । तसर्थ मकैबारी जोगाउन पनि पहिल्यै सावधान रहनुपर्छ ।
-बालीलाई झुल वा नेटको प्रयोगले कीराको आक्रमणबाट जोगाउन सकिन्छ ।
-बोटहरु हल्लाउने गर्न सकिन्छ ।
-कीराहरुलाई लखेट्न सकिन्छ ।
-बाली भएको ठाउँमा होहल्ला गर्ने (हाहा/हुहु) चिच्याएर कराएर, हाट्टहुट्ट पारेर, ताली बजाएर धपाउने
-टिन / जस्तापाता /मादल/ ढोलक बजाउने
-‘स्पीकर’ जोडिदिन सकिन्छ
-धुँवा लगाउन सकिन्छ
-स्प्रेहरु हाल्न सकिन्छ
-गाईको गहुँत/ लसुनपानीको मिश्रण छ्याप्ने
सलहलाई पक्रेर मारेर सुकाएर कुखुराको लागि /माछाको लागि दाना बनाउन सकिन्छ । यो मानवले पनि खान सकिन्छ । तर होसीयार ! यसरी वैकल्पिक प्रयोगमा ल्याएका सलह बिषादी हालिएको ठाउँमा बसेको वा मरेको हुनुहुँदैन ।
(यो भिडियोमा हेर्नुहोस् सलह के हो ? कसरी नेपाल आयो ? यसले कसरी असर पुर्याउँछ ? बाली जोगाउन के गर्ने किसानको भूमिका के ? स्थानीय सरकारले के गर्ने ? प्रदेश सरकार र केन्द्र सरकारको भूमिका के हुन्छ ? अन्तरदेशीय छलफल किन आवश्यक छ ? )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया