पोखरीमा डुबेर एक युवकको मृत्युु

एसपी यादव/ सर्लाही फागुन ९ गते । सर्लाहीको सदरमुकाम मलङ्ग्वाको वडा नं. १० स्थित रहेको मुल्ही पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ मलङ्ग्वा नपा वडा नं. १० का स्थानीय गौरी राउतको २४ वर्षिय छोरा अजय कुमार राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा शाखाका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी गराएका छन् मृतक राउत बिगत केही समयदेखि लागू औषध सेवन गर्दै आएको र निजको मानसिक सन्तुलन समेत ठिक नभएको र उनी उपचारको क्रममा रहेको कुरा प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक देवले बताए मृतक राउतको खल्तीबाट सुसाइट नोट समेत फेला परेको छ । सुसाइट नोटमा मृतक राउतले आफ्नो मृत्युको जिम्मेवार आफू स्वयं रहेको उल्लेख गरेका छन् । भने अरु कुरा स्पष्ट नभएको प्रहरी निरीक्षक देवले जानकारी गराए शवलाई पोस्टमार्टम गरि परिवारको जिम्मा लगाइएको र पोस्टमार्टम रिपोर्ट आएपछि रिपोर्टको आधारमा मात्र थप कुरा खुल्ने प्रहरी निरीक्षक देवले जानकारी बताए आज करिब १० बजेको समयमा स्थानीयहरु पोखरीको पानी माथि मृतक राउतको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?