आमिर खानका सहयोगीमा कोरोना संक्रमण देखिएपछि …

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ‘कोभिड – १९’ ले विश्व आक्रान्त छ । हालसम्म यसविरुद्धको भ्याक्सिन बनेको छैन । दिनरात नभनी यसविरुद्धको भ्याक्सिन खोजी भईरहेको छ । तर हालसम्म कुनै औषधी बनेको छैन । बरु रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन विज्ञले सुझाव दिएका छन् ।

यसैबीच बलिउड स्टार आमिर खानको घरमा कोरोना संक्रमण देखिएको छ ।

आमिर खानले सोसल मिडियामा एक तस्वीर सेयर गर्दै यो जानकारी गराएका छन् कि पोस्ट गर्दै उनको घरका एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

उनको घरमा काम गर्नेमा कोरोना देखिएपछि उनको परिवारका अन्य सदस्यको पनि कोरोना परीक्षण भएको छ । आमिर र उनको परिवारको परीक्षण नेगेटिभ आएको छ । तर उनकी आमा जिनत हुसैनको अहिलेसम्म पनि परीक्षण भएको छैन ।

आमिरले प्रशंसकले आफ्नी आमाका लागि प्रार्थना गरिदिन अपिल गरेका छन् ।

आमिर खानले कर्मचारी पोजेटिभ पाएपछि बीएमसीद्वारा लिइएको एक्सनबारे पनि लेखेका छन् ।

उनका अनुसार घरमा काम गर्ने सबैलाई क्वारेन्टाईनमा राखिएको छ ।
हेर्नुहोस् विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?