१३ असार २०७९, सोमवार

मतगणना अपडेट काँग्रेस पछ्याउँदै माओवादी, एमाले चौथो स्थानमा

२०७४,आश्विन,६,शुक्रवार ०५:१४

0
Shares

काठमाडौँ, ६ असोज ।तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस १३, नेकपा (माओवादी केन्द्र) ८, राष्ट्रिय जनता दल नेपाल ६, नेकपा (एमाले) ५, संघीय समाजवादी फोरम नेपाल ५, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दलका एकजना उम्मेदवार विजयी भएका छन ।यसैगरी, अहिलेसम्म ७५८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।मतगणना बाँकी रहेका ९६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार ०५:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध

रौतहट । जिल्ला समन्वय समिति (जिसस) रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । सत्ता

सप्तरी । जिल्ला समन्वय समिति (जिसस)सप्तरीको निर्वाचनमा मत किनबेच भएको खुलेको छ । आज भइरहेको निर्वाचनमा एक मत बराबर ५०

ताजा समाचार

जिपलाइनदेखि केबुलकारसम्मका योजना
 २०७९,असार,१३,सोमवार ०७:१७
‘एमबिबिएस’पढाउन रु २० लाख सहयोग
 २०७९,असार,१३,सोमवार ०७:१२