भाइबरले तोड्यो फेसबुकसँगको व्यवसायिक सम्बन्ध

काठमाडौं । फेसबुकको डाटा उल्लंघन र हिंसात्मक बयानबाजी विरुद्ध लड्ने असफलताले सीमा नाघेको भन्दै भाइबरले आफ्ना १ अर्ब प्रयोगकर्ताहरुको संरक्षणको निम्ति आफ्नो सबै टचप्वाइन्टहरु हटाउनुका साथसाथै विज्ञापन खर्चमा रोक लगाउन उपयुक्त कदमहरु लिने भएको छ ।

सुरक्षित एवं निःशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्ग एपहरु मध्ये एक– राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरु तोड्ने घोषणा गरेको छ । यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरु रोक्ने निर्णय पनि लिएको छ । यो भाइबरले जनाएको बढ्दो अनलाइन अभियान ३क्तयउज्बतभँयचएचयाष्त तर्फको साथ र एक ठूलो टेक्नोलोजिकल कम्पनिको वहिष्कार हो ।

पछिल्ला केही हप्ताहरुमा अमेरीका भरी फैलिएको प्रतिकार प्रदर्शनीहरुको बीचमा एन्टि–डिफामेसन लीग एण्ड एनएएसिपि लगायत अरु ६ वटा संगठनहरुले फेसबुकमा हुने द्वेषपूर्ण वक्तव्य–बाजीबाट प्रयोगकर्ताहरुलाई संरक्षण प्रदान गर्नमा सो कम्पनी असक्षम रहेकोले जुलाई महिनाभरीको लागि त्यस सामाजिक सञ्जालमा विज्ञापन खर्च स्थगनका लागि फेसबुक विज्ञापनदाताहरुलाई आव्हान गरेका छन् । डाटाको गलत प्रयोगका अनगिन्ती घटनाहरु र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटिका काण्ड, जस्मा राजनैतिक परामर्शदातृ फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताहरुको डाटा अनुपयुक्त तवरले उपयोग गरेको घटनाका कारण फेसबुकको द्वेषपूर्ण वक्तव्यबाजीले अन्तिम रुप लिएको भाइबरले जनाएको छ । यसै कारण भाइबरले #StopHateForProfit अभियानलाई अझ अगाडि लैजान फेसबुकसँगका सबै किसिमको व्यवसायिक सम्बन्धहरु तोडेको दावी गरेको छ ।

भाइबरको सिइओ जमेल अगाउवाले भनेका छन्, “फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीको डाटाको गलत व्यवस्थापन र यसका एपहरुमा गोपनीयताको अभावदेखि लिएर हिंस्रक र खतरनाक बयान–बाजीबाट जनताहरुलाई संरक्षण गर्न आवश्यक कदमहरु नलिने अडानलाई हेर्दा फेसबुक धेरै टाढा गैसकेको छ । हामी सत्यको मध्यस्थहरु होइनौं तर असलमा नै केही मानिसहरु हिंसात्मक सामग्रीहरुको प्रसारबाट प्रताडित भैरहेका छन् र कम्पनीहरुले निश्चय नै स्पष्ट अडान लिनु जरुरी छ ।”

भाइबर एपबाट फेसबुक टचप्वाइन्टहरु हटाउने प्रक्रियाले २०२० को जुलाईको आरम्भसम्ममा पूर्णता पाइसक्ने अपेक्षा गरिएको छ । फेसबुकमा विज्ञापनको लागि गरिने खर्चमाथिको प्रतिबन्ध भने तत्कालै लागू गरिने भाइवरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?