१३ मङ्सिर २०७८, सोमवार

मतगणना अपडेट काँग्रेस पछ्याउँदै माओवादी, एमाले चौथो स्थानमा

२०७४,आश्विन,६,शुक्रवार ०५:१४

0
Shares

काठमाडौँ, ६ असोज ।तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस १३, नेकपा (माओवादी केन्द्र) ८, राष्ट्रिय जनता दल नेपाल ६, नेकपा (एमाले) ५, संघीय समाजवादी फोरम नेपाल ५, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दलका एकजना उम्मेदवार विजयी भएका छन ।यसैगरी, अहिलेसम्म ७५८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।मतगणना बाँकी रहेका ९६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार ०५:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुर । प्रदेश नं २ सभाको अधिवेशन मङ्सिर २९ गतेका लागि आह्वान भएसँगै प्रदेशको स्थायी राजधानी र नामाकरण विषयमा पुनः

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार (आज) कार्कीले नेपाली कांग्रेस

धनुषा । प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय

धनुषा । प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलवार प्रमाणीकरण गरिएको छ । प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट

ताजा समाचार

यस्तो छ आजको राशिफल
 २०७८,मङ्सिर,१३,सोमवार ०६:३०
एमालेको निर्वाचन कार्यतालिका संशोधन
 २०७८,मङ्सिर,१३,सोमवार ००:४३
टेकु अस्पतालबाट अनुप बास्तोलाको सरुवा
 २०७८,मङ्सिर,१२,आईतवार २२:४७