तस्वीर शेयर गर्दै स्वेताले भनिन्‌, भगवानजस्ता दर्शक

काठमाडौं, ९ फागुन –  दयाहाङ राई र स्वेता खड्काको जोडी रहेको चलचित्र कान्छी यतिबेला प्रदर्शनको क्रममा छ । स्वेताले नै निर्माण गरेको चलचित्र ‘कान्छी’ ले दर्शकबाट मिश्रित प्रतिकृया पाइरहेको छ चलचित्र हलमा लागिरहेको र दर्शकको माया पाएको बेलामा स्वेताले सामाजिक सञ्जाल फेसबूकमार्फत लामो स्टाटस लेखेर दर्शकलाई धन्यवाद दिएकी छिन् । ‘फिल्म चलेको र नचलेको चर्चा परिचर्चा गरिरहँदा पैसाकै कुरा चल्ने गरेको छ, करोडको हिसाब किताब देखाएर फिल्म हिट भएको देखाउने ट्रेन्ड नै चलेको छ, मैले बितेका दिनमा मेरा दर्शकबाट पाएको अथाह माया, साथ र सल्लाह अरबौ–खरबौंको छ’, उनले लेखेकी छिन्, ‘पैसाले माया, साथ र हौसला किन्न पाइने भए संसारको सबै माया बिल गेट्सको ढुकुटीमा जम्मा हुने थियो होला र हामी सबै रित्तो हुने थियौं होला ।’उक्त पोस्टमा उनले आफ्ना फ्यानले खिच्दै गरेका तस्वीहरू पनि अपलोड गरेकी छिन् चलचित्रले समीक्षात्मक रुपमा खासै गतिलो प्रतिकृया पाउन नसकेपनि दर्शकको भने राम्रै साथ पाएको छ । देशभर चलिरहेको कान्छी गाउँको एक कथामा निर्माण गरिएको छ चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् भने पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । चलचित्रमा आशान्त शर्मा, कामेश्वर चौरासिया, नीर शाह लगायतका कलाकारले पनि अभिनय गरेका छन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?