विप्लवका दाई पक्राउ

काठमाडौं । नेपाल सरकारद्वारा प्रतिन्धित नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘बीरजंग’लाई प्रहरीले पक्राउ गरेको छ ।

उनी विप्लवका दाइ समेत हुन् । दाङ जिल्ला अदालतमा १५ हजार धरौटीमा रिहा भएका चन्दलाई प्रहरीले पुन स् पक्राउ गरेको प्रहरी बताएको छ ।
प्रहरीका अनुसार उनलाई प्रहरीले संगठित अपराधसम्वन्धी मुद्धामा पुन काभ्रे जिल्ला पठाएको छ ।

पक्राउ परेका चन्दलाई राज्य विरुद्धको संगठिक अपराधमा काभ्रे जिल्लामा मुद्धा भएकाले प्रहरीले पक्राउ गरेको बताइएको छ । अदालतबाट रिहाई भएका चन्दले पक्राउ पर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ठाउँठाउँ एकै किसिमको मुद्धामा फसाउने काम गरेर सरकार आफैले ले बनाएको संविधानको उल्लघन गर्ने काम गरेको प्रतिक्रिया दिएका थिए ।

चन्द गएको असोज ३० गते राती नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ को मुग्रेठाबाट पक्राउ परेका थिए । राप्ती व्यूरोका बैठकबाट चन्दसहित नेकपाका २१ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?