जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । बाँकेमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका-२१ पुरैना बस्ने राजन कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

कुमालले ती बालिकालाई खेलिरहेको अवस्थामा ललाई फकाई गरी आफ्नो कोठाभित्र लगि जबरजस्ती करणी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?