ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । भक्तपुरमा ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ एक जना पक्राउ परेका छन् ।
हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-४ गहिटी एरियामा बसी ज्याला मजदुरी काम गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका घर भएका ३० वर्षीय इन्द्र बहादुर तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका-४ गहिटीस्थित सार्वजनिक पाटीमा निज तामाङ सोमबार बिहान मृत अवस्थामा फेला परेका थिए । महागरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा निज मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएकोले कर्तब्य गरी मारिएको खुल्न आएपछि तत्काल अभियुक्तको खोजी गर्ने क्रममा हत्यामा संलग्न इन्द्र बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

आपसी विवाद हुँदा ईन्द्र बहादुर तामाङले ती व्यक्तिलाई ढुंगा प्रहार गरी मारेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?