कोरोनाले नेपालको कहाँ सबैभन्दा बढी प्रभाव पार्‍यो ? ‘ग्राफ’मा हेर्नुहोस् विवरण

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । सोमबार नेपालमा ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमा महिला १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ जना पुरुष छन् । नेपालमा हिजो (सोमवार) ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा कोरोना संक्रमणको जोखिम झनै बढेको छ ।

यसैगरी बितेको २४ घण्टामा १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृतकको विवरण यस्तो : 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भई आइसियुमा उपचाररत उनको १३ गते स्वाब संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो ।

१३ गते बेलुकी नै उनको मृत्यु भएको थियो । उनको हिजोमात्रै कोरोनाको रिपोर्ट आएको थियो । तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिनन अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

काठमाडौंका दुई महिला र चार पुरुषमा कोरोना पुष्टि :
काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा काठमाडौंका दुई महिला तथा दुई पुरुष, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंकै एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार आज काठमाडौंमा ४ पुरुष र दुई महिला गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरका एक जनालाई कोरोना संक्रमण :
ललितपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ललितपुरमा भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताएका छन् ।

भक्तपुरका एक पुरुषमा कोरोना पुष्टि

भक्तपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भक्तपुरका एक जनामा आज कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रवक्ता गौतमले आज भक्तपुरमा भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताएका छन् ।

 

थपिएकाहरु कहाँका हुन् ? 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : मोरङका १ जना महिला

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका १० जना महिला र ५ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ६ जना पुरुष र महोत्तरीका ४ जना पुरुष

नारायणी अस्पताल विरगञ्जमा गरिएको परिक्षणमा : पर्साका १ जना पुरुष

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : बाग्लुङका १ जना महिला र १३ जना पुरुष, अर्घाखाँचीका ३ महिला र २४ जना पुरुष,  भक्तपुरका १ जना पुरुष,धनकुटाका १ जना पुरुष, गोरखाका ५ जना पुरुष,गुल्मीका ५ जना महिला र १५ जना पुरुष र खोटाङका १ जना महिला,पाल्पाका १ जना महिला र १२ जना पुरुष, पर्वतका १ जना महिला र १२ जना पुरुष, प्यूठानका १ जना महिला र ४ जना पुरुष, रौतहटका १ महिला र १५ जना पुरुष, रोल्पाका १ जना पुरुष, रुपन्देहीका ३ जना पुरुष, स्याङजाका १ जना महिला र ७ जना पुरुष, तँनहुका ५ जना महिला र ४ जना पुरुष

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : धादिङका १ जना महिला र १ जना पुरुष, काठमाडौंका २ जना महिला र २ जना पुरुष

भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : अर्घाखाँचीका ११ जना पुरुष, चितवनका २ महिला २ जना पुरुष, कैलालीका १ जना पुरुष र पाल्पाका १३ जना पुरुष

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा : बाराका ३ जना पुरुष, मकवानपुरका १ जना पुरुष रौतहटका १ जना पुरुष

धुलिखेल अस्पताल धुलिखेल काभ्रेमा गरिएको परिक्षणमा : काभ्रेका १ जना पुरुष

पाटन अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : काठमाडौंका १ जना पुरुष, रौतहटका १ जना पुरुष र ललितपुरका १ जना पुरुष

त्रिवि विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा : गरिएको परिक्षणमा काठमाडौंका १ जना पुरुष, बाजुराका २० जना महिला र ४६ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : कपिलवस्तुका २ जना पुरुष, रुपन्देहीका २ जना पुरुष, प्यूठानका १ जना महिला र ३ जना पुरुष

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : डोल्पाका २ जना पुरुष र कालीकोटका २ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान दाङमा गरिएको परिक्षणमा दाङका २२ महिला र ३६ जना पुरुष

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : बाजुराका ८ जना महिला र २४ जना पुरुष र रुकुम पश्चिमका १ जना पुरुष

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा : कैलालीका ८ जना महिला २१ जना पुरुष र डोटीका १७ जना महिला र ५२ जना पुरुष

लक्ष्यअनुसार बढेन परीक्षणको दायरा : 

सरकारले आफ्नो लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन सकेको छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट हरेक दिन १० हजारको पीसीआर परीक्षण गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि सो परिणाममा परीक्षणको संख्या बढ्न नसकेको हो । यद्यपी सोमबार विगत दिनभन्दा सबैभन्दा बढी ७ हजार ७ सय ९१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ हजार ८ सय २२ जनाको गरी आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।

क्वारेन्टाईनमा ५७ हजार ३ सय ६८
अहिले देशभरीका क्वारेन्टाईनमा ५७ हजार ३ सय ६८ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेका छन् ।

मन्त्रालयको यस्तो अनुरोध
काठमाडौं तथा घना बस्ती भएका ठाउँमा कोरोना भाइरस ‘कोभिड – १९’ को जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यका तथा घना बस्ती भएको ठाउँहरुमा जाँदा २ मिटरको दूरी कायम गर्न, मास्क लगाउन, सावुन पानीले हाल धुन तथा वृद्ध वृद्धाहरुलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्दै अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । अहिले सडकहरुमा हिडडुल गर्नेहरुको भिड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भिडभाड भएको कुराहरु देखिन थालेको प्रति मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । साथै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन समेत मन्त्रालयले आग्रह गरेको छ ।सोमवारको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मानिसहरुले हेलचेक्रयाई गरेकाले पाइएकाले मन्त्रालयले त्यस्तो आग्रह गरेको बताए ।

सोमबार थपिएका ४७६ जना संक्रमितमध्ये काठमाडौंका ६, ललितपुरका १ र भक्तपुर १ जना रहेका छन्। लामो समय लकडाउन गुजारेर सामान्य जीवनमा फर्कने अभ्यास गर्दा अत्याधिक भिडभाड हुने ठाउँहरुमा संक्रमण तिव्र रुपमा फैलिन थालेपछि जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सबैको ध्यानाकर्षण गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?