पुष्पलको सपनाः यो फिल्म सफल होस्

काठमाडौं, ९ फागुन – म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता पुष्पल खड्का यतिबेला चलचित्र ‘मंगलम्’ को प्रचारमा व्यस्त छन् । ‘कोही मेरो’ र ‘दर्पण छायाँ २’ मा अभिनय गरिसकेका खड्काको तेस्रो चलचित्र ‘मंगलम’ को गीत ‘पर्ख पर्ख मायालु’ लाई दर्शकले रुचाए । ट्रेलरले पनि राम्रै चर्चा बटुल्यो चलचित्र भने लामो समयदेखि रिलिज मिति सर्दासर्दै धेरै पछि धकेलियो । अब भने रिलिजको संघारमा छ चलचित्र । रिलिजको पर्खाइमा छन् पुष्पल यतिबेला झण्डै दुई सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरिसकेका पुष्पल ‘दर्पण छायाँ २’ मा अभनिय गरेपछि फिल्मका दर्शकसँग पनि चर्चामा रहे । चलचित्रले उनलाई आशा गरेअनुरुप सफलता दिलाउन त सकेन तर दर्शकमाझ चिनिने ‘मौका’ भने दियो । फिल्मका हिसाबले तीन चलचित्रमा काम गरिसकेका खड्का जति काम गर्दै गयो, उति सिकिँदै जाने धारणा राख्छन् फिल्म ‘कोही मेरो’ ले नचिनाए पनि तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ २’ ले भने पुष्पललाई चर्चामै ल्याइदियो । अब उनी चलचित्र मंगलमको प्रचारमा जुटेका छन् । संयोगले उनको चलचित्र ‘दर्पण छायाँ २’ पनि यही बेला रिलिज भयो र राम्रै दर्शक पायो फिल्मले ‘यो चलचित्र विषयवस्तुका हिसाबले पनि अलिक फरक चलचित्र हो, दर्शकले चलचित्र राम्रो छ भनेर आशा गर्नुभएको छ’, चलचित्र ‘मंगलम्’ बारे बताउँदै पुष्पल भन्छन्, ‘लभर ब्याइको भूमिकामा त मैले अभिनय गरिसकेको छु यसमा म एक विवाहित श्रीमानको भूमिकामा छ, कथाका हिसाबले पनि केही फरक कथा छ फिल्ममा ।’चलचित्र रिलिजको मिति नजिकिँदै गर्दा उनी यतिबेला अरु सबै काम छोडेर प्रचारमा जुटेका छन् । त्यसो त उनका लागि यो चलचित्र आशा गरेको चलचित्र पनि हो । चलचित्र ‘दर्पण छायाँ २’ ले उनलाई चिनारी त दियो तर खासै सफलता दिलाउन सकेन । सोही चलचित्र रिलिज हुनुभन्दा पहिले नै शूटिङ सकिएको चलचित्र ‘मंगलम’ बाट भने उनले धेरै आशा गरेका छन् । ‘यो चलचित्रबाट मलाई आशा हुनु स्वभाविकै भयो, प्रचारका लागि पनि हामी लागिपरेका छौं, दर्शकलाई कुन दिन फिल्म रिलिज हुँदैछ भन्ने थाहा दिनु छ ।’, खड्का भन्छन् फिल्ममा संघर्ष गर्दै गरेका पुष्पल नाच्नमा भने सानैदेखि रुचि भएको बताउँछन् । लाज लाग्ने भएपनि नाच्न भनेपछि हुरुक्कै हुने र एक्लै घरमा लुकेर नाच्ने गरेको पनि बताउँछन् । ‘सानैदेखि नाच्नमा भनेपछि रुचि थियो तर लाजले मैले कसैलाई पनि भन्न सक्दिनथें’, पुष्पल मुस्कुराउँदै सुनाउँछन, ‘कुनै कलाकार देख्दा पनि आफूले त्यो ठाउँमा राखेर कल्पना गर्न थालिहाल्थें ।’अहिले उनलाई लाग्छ, त्यही नाच र त्यही सिकाइले उनलाई संघर्ष गर्न हौसाइरहेको छ । आफ्नो जन्मथलो कैलालीमा उनले आफ्नो त्यो चाहनालाई कहिल्यै नखुलाएको पुष्पल बताउँछन् ब्याचलर पढ्न काठमाडौं आएपछि भने उनले आफूभित्र भएको डर हटाउन खोजे । आउन त उनी आइटी पढ्न काठमाडौं आएका थिए तर भित्रभित्रै उनलाई कलाकार बन्ने भूत चढेको थियो । ‘मलाई पहिलेदेखि नै अभिनय गर्न पाए हुन्थ्यो त्यसैले मैले काठमाडौं आएर अभिनय पनि सिकें’, उनी भन्छन्, ‘मेरो सपना नै हिरो बन्ने थियो ।’थुप्रै म्युजिक भिडियोमा काम गरे तर दर्शकले खासै नोटिस गरेका थिएनन् उनलाई । गायक शिव परियारको गीत ‘पिलायो साथीले’ को म्युजिक भिडियोमा काम गरेपछि भने उनलाई धेरैले चिन्न थाले । ‘कतिले त यही भिडियोलाई मेरो पहिलो भिडियो पनि भन्नुभयो ।’, उनी थप्छन् आफ्नो स्वभाव त्यति खुल्न नसक्ने खालको हो कि जस्तो लाग्छ कहिलेकाहीं उनलाई । आफ्नै साथीहरुलाई पनि उनले हिरो हुन मन लागेको कुरा नबताउने तर प्रयास गर्ने उनी बताउँछन् । चलचित्र ‘कोही मेरो’ मा साथीको साथी बनेर अभिनय गरिसकेका थिए । भन्छन्, ‘मेरो चाहना सिधै हिरोको भूमिका निभाउने थियो ।’त्यो उनको हिरो हुने रुचि पूरा भइसकेको छ । अब सफल हिरो हुन उनलाई सङ्घर्ष गर्नु छ । तर अझै पनि परिवारले भने छोराले कुनै जागिर गरोस् भन्ने चाहना राखेको बताउँछन् पुष्पल । ‘परिवारले त म अभिनय क्षेत्रमा लागेको रुचाउनुभएको छैन, तर मलाई यही क्षेत्रमा केही गर्न पाए हुन्थ्यो भन्ने छ’, खड्का थप्छन्, ‘भोलि मलाई अभिनय गर्न रुचि थियो, किन गरिन हुँला भन्ने बेला नआओस् भन्ने सोच आयो ममा ।’

‘भोलि मलाई अभिनय गर्न रुचि थियो, किन गरिन हुँला भन्ने बेला नआओस् भन्ने सोच आयो ममा ।’

‘मंगलम’ सम्म आइपुग्दा उनलाई धेरै कुरा सिकेका छन् । कुनै बेला पागलप्रेमीको भूमिकामा अभिनय गर्न मन लागेको बताउने पुष्पल चलचित्र ‘मंगलम’ को विषयवस्तु नै मन परेको बताउँछन् । ‘यो फिल्म सबै खालका दर्शकले रुचाउनुहुन्छ जस्तो लागेको छ, हामीले दर्पण छायाँ २ लाई खासै प्रचार गर्न सकेका रहेनछौं ।’, खड्का भन्छन् चलचित्र युट्युब रिलिज भएलगत्तै हप्तौंसम्म चलचित्र नम्बर एक ट्रेन्डिङमै परेको थियो । युट्युबमा देखिएको प्रभाव, मंगलमको गीतले पाएको चर्चा र ट्रेलरको प्रतिक्रियाका आधारमा चलचित्रले सफलता पाउनेमा पुष्पल आशावादी देखिएका छन् उनका म्युजिक भिडियो त रिलिज भएका छन् तर फिल्ममा भने उनी देखिएका छैनन् । भन्छन्, ‘फाटफुट फिल्ममा अफर त आएका हुन्, तर कतै भूमिका चित्त बुझ्दैन, कतै के कुरा मिल्दैन, त्यस्तै भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?