राष्ट्रपति भण्डारीद्वारा विभिन्न ५ विधेयक प्रमाणीकरण, ती के के हुन् ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदबाट पारित भइ आएका ५ वटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले आर्थिक वर्ष २०७७–७८ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र बिनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐनलाई संशोधन गर्न बनेको विधेयक र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?