२०७७, १५ असार सोमबार १८:२९

सुन चाँदीको मूल्य उच्च भएसँगै बजारमा छायो सुनसान


प्रकाशित मिति : २०७७, १५ असार सोमबार १८:२९

काठमाडौं । सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुनचाँदी बजार सुनसान बनेको छ ।

सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबि सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना बिक्री हुन छाडेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुले बिबाहको सिजनमा पनि अत्यावस्यक गरगहना बाहेकका कुनैपनि गरगहना विक्री नभएको बताएका छन् । सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायीहरु बताउँछन ।

सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्ने भन्दा बिक्री गर्न आउने बढी रहेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस