१३ आश्विन २०८०, शनिवार

संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य : प्रधानमन्त्री देउवा

२०७४,आश्विन,६,शुक्रवार ०५:००

0
Shares

भीष्मराज ओझा / न्यूयोर्क, ६ असोज ।प्रधानमन्त्री एवं नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न हुनु आवश्यक भएको बताएका छन ।संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार आफ्नोको सम्मानमा नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको स्वागत समारोहमा सो कुरा बताएका हुन ।लामो राजनीतिक लडाइँपछि जनताले आफ्ना जनप्रतिनिधिमार्फत नेपालको संविधान जारी गर्न सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, “स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेकोे छ, संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको महत्वपूर्ण चरण सम्पन्न हुनेछ ।”नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा शन्ति प्रक्रिया थालनी भई अन्तिम चरणमा पुगेको बताउँदै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनपछि नेपाल समृद्धिको दिशामा अघि बढ्ने धारणा व्यक्त गरे ।देउवाले मुलुकमा बहुदलीय व्यवस्था आएपछि सर्वसाधारणका लागि राहदानी सहज रुपमा उपलब्ध हुन लागेको स्मरण गर्दै तत्काल कानूनी व्यवस्था नभए पनि गैरआवासीय नेपालीले नेपाली नागरिकता पाउने सम्भावना रहेको औँल्याए ।कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले प्रधानमन्त्री देउवाको सुझबुझपूर्ण राजनीतिक परिपक्वताले नै नेपालमा सबै दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको र निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने धारणा राखे ।संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा असोज ४ गते न्यूयोर्क पुगेका हुन ।प्रधानमन्त्री देउवाले असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार ०५:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन्

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले

काठमाडौं । कतारमा आफूले भोगेको दुर्व्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला नेपालका तीन दर्जन नागरिक संघ संस्थाहरूले फिफा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०