नेपालमा थप १२१ जना कोरोना मुक्त, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १२१ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।

आज धरानबाट झापाका १ पुरुष, नारायणी अस्पतालबाट पर्साका ३ महिला र २० पुरुष, सर्लाहीबाट १३ जना पुरुष, कोभिड अस्पताल जनकपुरबाट धनुषका ३ जना पुरुष, सिराहाबाट १ महिला र १३ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीबाट १ महिला र १ पुरुष, म्याग्दी अस्पतालबाट ३ पुरुष,

पर्वत अस्पतालबाट २ महिला र ६ पुरुष, स्याङजा अस्पतालबाट ४ महिलार २९ पुरुष, तनहुँ अस्पतालबाट ५ पुरुष, नुवाकोट अस्पतालबाट २ जना महिला र६ जना पुरुष, बाँकेबाट ५ जना पुरुष आइसोलेशन सेन्टर खजुरा बाँकेबाट ३ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका १२१ जना मध्ये १३ जना महिला र १०८ जना पुरुष रहेका छन् । कुल डिस्चार्ज भएका ३ हजार १ सय ३४ जना मध्ये २ सय ६६ जना महिला र २ हजार ८ सय ६६ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

नेपालमा आज (सोमवार) एकैपटक ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २८ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ३ हजार १३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसमध्ये २ हजार ८६६ पुरुष र २६६ जना महिला रहेका छन् । नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

पछिल्लो कोरोना अपडेट दिँदै मन्त्रालयले भन्यो- थप १ जनाको मृत्यु

नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा रौतहत, फतुवा विजयपुर ७ का ३० वर्षीय युवाको गएराति मृत्यु भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले बताए।

लामो समयदेखि हृदयरोग बाट ग्रसित युवकको उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।

दमका रोगी पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केही बेरपछि उनको मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?