काठमाडौंका दुई महिला र चार पुरुषमा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका ६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा काठमाडौंका दुई महिला तथा दुई पुरुष, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंकै एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार आज काठमाडौंमा ४ पुरुष र दुई महिला गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आज भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको जानकारी दिए ।

यसैबीच नेपालमा आज (सोमवार) एकैपटक ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३ हजार १३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसमध्ये २ हजार ८६६ पुरुष र २६६ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १२१ रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये १३ जना महिला र १०८ जना पुरुष छन्।

नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?