महिलालाई नाङ्गै बनाई एक्सरे गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

दाङ । दाङको एक निजी अस्पतालमा एक्सरे गर्न गएकी एक महिलालाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका एक युवालाईप्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीवाट खटिएको प्रहरी टोलिले महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा बबइ गाउँपालिका ५ का २२ वर्र्षीय नवराज डाँगीलाई पक्राउ गरेको हो ।

घोराहीको लुहासुरस्थित गोर्खा हस्पिटलमा एक्सरेका लागि पुगेकी ति महीलाको एक्सरे गर्नेक्रममा अस्पतालका एक्सरे मेन युवाले नाङ्गो बनाइ एक्सरे गर्न लगाएको भन्दै महिलाका आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले अस्पतालमा एक्सरे गराउन गएकी महीलालाईसंवेदनशिल अंग पनि नाङ्गो गराएर एक्सरे गराएको भन्दै प्रहरीमा उजुरी परेको बताए ।

अस्पतालमा एक्सरे गराउन गएकी घोराही १ कि १९ वर्षिया महिला अस्पताल पुगेकी थिइन् । महीला एक्सरे गराउन गएपछि अस्पतालमा काम गर्ने टेक्निसियनले दुब्र्यवहार गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी दर्ता गराएपछि डाँगीलाई पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले पनि शरीर पुरै नाङ्गो बनाएर एक्सरे गर्न खोजेपछि अस्पतालमा काम गर्ने टेक्निसियनलाई नियन्त्रणमा लिई अनुसन्धान चलिरहेको बताए । एक्सरे गराउन गएकी महीलाले एक्सरे गराएपछि आफन्तलाई एक्सरे गराउदा अहिले पुरै शरीर नाङ्गो बनाउदा रहेछन् है भनेपछि घटना सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?