यस्तो छ आजको सुन चाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?