आफ्नो जन्ममिति फरक–फरक भएको डा. केसीद्वारा स्वीकार

काठमाडौं, ९ फागुन । डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् पत्रकार सम्मेलनमा उनले आफ्नो जन्ममितिमा भएको त्रुटी स्वीकार गरेका छन् । प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमामा फरक–फरक जन्ममिति हुन पुगेको उनले बताए डा. केसीले भने, ‘उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्मतिति २७ मंसिर २०१३ उल्लेख छ । ती आवेदनहरुमा पर्न आएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वकार गर्छु ।’यसैगरीे प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिमाथि प्रश्न उठाउँदै आएका डा. केसी आफैं जन्ममिति विवादमा फसेका छन् डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्म मिति भेटिएको हो । नागरिकतामा डा. केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?