लेष्टर सिटीलाई पाखा लगाउदै चेल्सी सेमिफाइनलमा

काठमाडौं । लेष्टर सिटीलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा लेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा प्रवेश गरेको हो ।

लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए ।

यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?