नायक शिव श्रेष्ठले लगानी गर्ने चलचित्रमा प्रियंका र आयुष्मान एकसाथ देखिने

काठमाडौं, ९ फागुन । नायक शिव श्रेष्ठको लागानीमा बन्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा आयुष्मानको जोडिको रुपमा प्रियंका कार्की नै देखिने भएकी छिन् चलचित्रमा आयुष्माले सामाजिक कार्यमा समर्पित युवाको भूमिका निर्वाह गर्ने छन् भने उनको जोडी प्रियंका हुने छिन् श्रेष्ठको लागानिमा निमार्ण हुर्ने चलचित्रलाई दीपेश सापकोटाले निर्देशन गर्ने छन् । चलचित्रमा दिलीप रायमाझी, भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह लगायतका पुराना पुस्ताका कलाकारहरुको समेत अभिनय रहने छ यसका साथै वर्षा, प्रियंका, विष्णु चेम्जोंग, नरेन खड्का, किरण केसीआदी कलाकारको मुख्य भूमिका रहने छ भने निर्माता शिव श्रेष्ठ आफै पनि अतिथि भूमिकाका रुपमा देखिने भएका छन् चलचित्रको कथा स्वयं निर्माता श्रेष्ठले लेख्ने छन् भने चलचित्र यही फागुनबाट फ्लोरमा जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?