उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलनमा जाने उपत्यकाबासीको चेतावनी

काठमाडौं, ९ फागुन । सडक विस्तारको मार खेपीरहेका काठमाडौं उपत्यकाकाबासीले आफूहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भएका सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै पीडितहरुले बुधबार माइतीघर मण्डलामा क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै नयाँ सरकारलाई पनि दबाब दिन सुरु गरेका हुन नयाँ सरकारले पनि आफूहरुको माग पूरा नगरे कडा आन्दोलनमा जान बाध्य हुने काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले चेतावनी दिए सरकारले उचित विकल्पको तयार विनानै सडक विस्तारको नाममा आफूहरुको बास समेत उठाएको भन्दै पीडितहरुले विगत २ वर्षदेखि सरकारविरुद्ध संघर्ष गर्दै आएका छन् उनीहरुले नगर विकास प्राधिकरणले कामै नगरेको भन्दै तत्काल खारेज गर्न पनि माग समेत गरे । दबाब अभियानमा सहभागी वृद्धवृद्धाहरुले आफूहरुलाई बुढेसकालमा घरविहिन बनाएकाले सरकारविरुद्ध संघर्ष गर्नु परेको बताएका छन् । स्थानीय नेताहरुले समेत आफूहरुलाई दुःख दिने गरेको पीडितहरुको गुनासो छ सरकारले काठमाडौं उपत्यकाको सडक विस्तार गरेपछि उचित क्षतिपूर्ति नपाएपछि उपत्यकाबासीले सरकारविरुद्ध आन्दोलन गर्दै आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?