काठमाडौं । नेपालमा थप १७९ कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ ।
आज रौतहटबाट ४६ जना पुरुष, धनुषबाट ११ जना पुरुष, नारायणी अस्पताल पर्साबाट ५ जना महिला २३ जना पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ जना पुरुष, साइ कृष्ण आइसोलेशन सप्तरीबाट १ जना महिला र १५ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट ६ महिला र ३३ पुरुष, सिराहा अस्पताल सिराहबाट ३ जना पुरुष, महेन्द्र जनरल अस्पताल सिराहबाट १ महिला र १२ जना पुरुष र कलैया अस्पताल बाराबाट १७ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका १ सय ७९ जना मध्ये १३ जना महिला र १६६ जना पुरुष रहेका छन् । त्यस्तै, डिस्चार्ज भएका कुल ३ हजार १३ जना मध्ये २ सय ५५ जना महिला र २ हजार ७ सय ५८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ४६३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १२,७७२ पुग्यो
नेपालमा आज (आईतवार) एकैपटक ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २८ जनाको मृत्यु भएको छ । नेपालमा हिजो (शनिवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया