ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफंगमा मन्त्रालका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ललितपुरमा आज भेटिएकी कोरोना संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकत्सकको निगरानीमा रहेको जानकारुी दिए ।

यसैबीच नेपालमा आज (आईतवार) एकैपटक ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २८ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३ हजार १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसमध्ये २ हजार ७५८ पुरुष र २५५ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १७९ रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये १३ जना महिला र १६६ जना पुरुष छन्।

नेपालमा हिजो (शनिवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?