टी-ट्वान्टी सिरिज खेल्न पाकिस्तानी राष्ट्रिय क्रिकेट टिम इंग्ल्यान्ड प्रस्थान

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिम इंग्ल्यान्ड प्रस्थान गरेका छन् । घरेलु टिम इंग्ल्यान्डसँग टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नका लागि पाकिस्तानी टिम आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पाकिस्तानले इंग्ल्यान्ड भ्रमणका लागि २० सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

Image

पाकिस्तान अजहर अलीको कप्तानीमा इंग्ल्यान्ड भ्रमणमा निस्किएको हो । टिमको उपकप्तान बाबर आजम रहेका छन् ।

इंग्ल्यान्ड पुगेपछि पाकिस्तानी टोली १४ दिनको आईसोलेसनमा बस्ने छन् ।  पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ ।

दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टी-ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।

Image

 

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?