वर्षको अन्तिमसम्ममा कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बजारमा आउनसक्छ : डब्ल्युएचओ

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यस्तो अवस्थामा विशेषज्ञहरुले विश्वमा कोभिड १९ को भ्याक्सीन आउन एक वर्ष भन्दा धेरै समय लाग्न सक्ने बताएका छन् । तर विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसविरुद्धको भ्याक्सीन यसै वर्षको अन्तिम सम्ममा बजारमा आउन सक्ने बताएका छन् ।

डब्ल्युएचओले अमेरिकी कम्पनी एष्ट्राजेनेका भ्याक्सीनको परीक्षण तीव्र रुपमा भईरहेको बताएको छ । तर अमेरिकामै रहेको फार्मास्यूटिकल कम्पनी मोर्डना पनि सँगसँगै परीक्षणको तीव्र गतिमा लागेको छ ।

डब्ल्युएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले भनेकी छन् कि, एस्ट्राजेनेकाद्वारा तयार कोरोना भाइरसविरुद्धको भ्याक्सीनको ह्यूमन ट्रायल अहिले सम्मकै सबैभन्दा राम्रो मानिएको छ, यो भ्इाक्सीन अन्यको तुलनामा भरोसा गर्न लायक पनि छ, अहिले यसको परीक्षण जारी रहेको छ ।

ब्रिटिश ड्रग मेकरका सीईओले यस महिना बेल्जियमको रेडियो स्टेशन बेल आरटीएलसँगको कुराकानीमा अक्सफोर्ड यूनिभर्सिटीका शोधकर्ताहरुद्वारा विकसित एस्ट्राजेनेका कोरोना भाइरसविरुद्धको भ्याक्सीन बन्ने विश्वास लिएको बताएका छन् ।

अक्सफोर्ड यूनिभर्सिटीले गएको महिनामा लगभग १० हजार वयस्क स्वयंसेवकमा टीकाको पहिलो चरण र दोश्रो चरणको लागि यूकेमा परीक्षण शुरु गरेको घोषणा गरेको थियो ।

यसको नाम ‘AZD1222’ थियो ।अन्य चरणको परीक्षण भने अन्य केहि देशहरुमा शुरु गर्ने तयारीमा छ ।

गएको हप्ता स्वामीनाथनले भनेकी थिइन् कि,कोभिड १९ भ्याक्सीनका लगभग दुई बिलियन औषधी अर्को वर्षको अन्तिमसम्म तयार गरिने बताएकी थिइन् ।

जेनेभाबाट मिडियामा सम्बोधन गर्दै उनले भनिन्, आमीसँग अहिले एक सिद्ध टीका नरहेको तर हामी भाग्यशाली भएको र यस वर्षको अन्तिमसम्ममा केहि औषधि बन्ने र अर्को वर्षको अन्तिमसम्ममा २ बिलियन औषधि बन्नेछ ।

बिहीवार डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडनोमले वैज्ञानिकको अनुमानमा एक वर्ष वा केहि महिनामा कोरोना भाइरसविरुद्धको भ्याक्सीन बजारमा आउने बताएका थिए ।

किनभने वैज्ञानिकहरुले टीकाको विकास गरिसकेको र निर्माण र वितरणको लागि वैश्विक सहयोगको आवश्यक रहेको बताइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?