काठमाडौं, ९ फागुन । काठमाडौंको नेपालटारमा हिजो राति बसको ठक्करबाट नेपाल विद्यार्थीसंघका एन.आर कलेजका सचिव चन्द्र प्रकाश मोक्तानको मृत्यु भएपछि दोषिमाथि कारबाहीको माग गर्दै नेविसंघले विरोध प्रर्दशन गरेका छन् आज विहान ७ बजे नेविसंघकका विद्यार्थीहरुले नेपालटार स्थित एनआर कलेज आसपासका क्षेत्रमा विरोध प्रर्दशन गरेका हुन्
विरोध प्रर्दशनमा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, नेविसंघका केन्द्रिय सदस्य शुसिल भट्ट, परोपकार अधिकारी, पवन थापा, निरञ्जन थापालगायतका विद्यार्थी नेताहरुको उपस्थितिमा दोषिमाथि कारबाहीको माग गरिएको छ मोटरसाइकलमा सवार मोक्तानलाई बा३ख २६१३ नं.को बसले ठक्कर दिँदा घटना स्थलमै मोक्तानको मृत्यु भएको थियो
यस्तै नेपाली कांग्रेस नुवाकोटले पनि दोषिलाई हदैसम्म कारबाहीको माग गरेको छ । दोषिलाई कारबाहीको माग गर्दै निकालिएको र्यालीमा सम्बोधन गर्दै नेपाली कांग्रेस नुवाकोट सभापति जगदिश्वर नरसिंह केसीले बस्ति क्षेत्रमा गाडीको गति तोकिनु पर्नेमा जोड दिए चालकले सवारी चलाउने लाइसेन्स भन्दापनि ज्यान मार्ने लाइसेन्स जस्तो पैदल यात्री र अन्य सवारी साधन माथि चढाउने कार्यको विरोधमा आफूहरु उत्रेको बताउँदै नेविसंघका केन्द्रिय सदस्य शुसिल भट्टले भने, आक्रोशित विद्यार्थीहरुले विद्यार्थीको ज्यान लिने चालकलाई कर्तव्य ज्यान मुद्दा लगाउँनु पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया