काठमाडौं । चीन भारत सेनाहरुको बीचमा सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा भएको हिंस्रक झडप पछि दुबै देशबीचमा ठूलो तनाव सिर्जना भएको छ ।
त्यति मात्रै होइन, युद्ध जस्तो हालको अवस्था सिर्जना भएको छ । भारत चीनको सीमा क्षेत्रमा भारतीय वायुसेना अलर्ट रहेको भारतीय सञ्चारमाध्यमको दाबी रहेको छ ।
वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनका लडाकू विमान र हेलिकप्टर रहेको भन्दै भारतले पनि हतियार सहितका लडाकू विमान तयारीमा राखेको छ ।
त्यति मात्रै होइन सीमा क्षेत्र नजिक भारतीय सेनाले टाढाबाटै निशाना साध्ने आकाश मिसाइल तैनाथ गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
भारतले भारतीय शसस्त्र बलको सहयोगमा सीमामा वायु रक्षा प्रणाली तैनाथ गरेको छ । चीनले पनि आफ्ना सैन्य शक्ति त्यत्तिकै मात्रामा सीमामा तैनाथ गरेको छ ,
चीनले गर्यो सुखोई-३० तैनाथ
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले बितेको दुई हप्ता यता सीमामा सैन्य गतिविधि बढाईरहेको छ ।
चिनियाँ वायुसेनाले सुखोई-३० र आफ्नो स्ट्र्याजिक बोम्बर्स तैनाथ गरेको छ । यी सबै हतियार एलएसी भन्दा १० किलोमिटरको फरकमा तैनाथ गरिएको बताइएको छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया