नगर इन्चार्जसहित विप्लव समूहका ६ जना पक्राउ

काठमाडौं – कैलालीको धनगढीबाट विप्लव समूहका ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले विप्लव समूहका नगर इन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका केहि व्यक्ति पुराना मुद्दामा संलग्न रहेको र पहिले पनि पक्राउ परिसकेका हुनाले अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । कैलाली प्रहरीका अनुसार विप्लव समूहका नगर इन्चार्ज प्रकाश रावलसहित अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंहसहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाहलाई पक्राउ गरिएको हो ।

शंकास्पद गतिविधीमा संलग्न भएको आशंकामा उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा १२ को जुगेडा क्षेत्रबाट पक्राउ गरिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?