प्रदेश ३ लाई समृद्ध बनाउन अष्ट्रेलियन राजदूत पिटरको प्रतिवद्धता

हेटौंडा, ९ फागुन । ३ नं. प्रदेशलाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका छन् प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलसँगको भेटमा उनले शिक्षा, स्वास्थ्यसहित जनसरोकारका विषयमा सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको राजदूत पिटरले बताए मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा भएको भेटवार्तामा अष्ट्रलियन राजदूत र प्रदेश नं. ३ बीच सहकार्य गर्ने विषायमा छलफल भएको थियो वार्तामा मुख्यन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा समेत गरेका थिए । नेपाल पहिलापटक संघीय अभ्यासमा रहेको भन्दै मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले गरेको पहिलो निर्णय अन्तर्गत प्राविधिक विषयको शिक्षालय स्थपनाका लागि अष्ट्रलिया सरकारसँग सहकार्य गर्न आर्फूहरु तयार रहेको पिटरले बताए पढनको लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ बनेको अष्ट्रेलियामा विद्यार्थीहरुको भिडलाई कम गर्दै नेपालमै उद्याशिलताको सम्भावनालाई अघि बढाउन नेपाल र अष्ट्रलियाबीच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री पौडेलले बताए त्यस्तै, राजदूत पिटरले संघीय नेपालको पहिलो मुख्यमन्त्री भएकोमा पौडेललाई बधाइ तथा शुभकामना समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?