संक्रमितको हिसावले कोरोनाबाट अत्याधिक प्रभावित बनेका यी पाँच देश

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा १ करोड ८६हजार ६९० जनालाई संक्रमण भएको छ भने ५ लाख १ हजार ३९२ जनाको मृत्यु भएको छ ।

त्यस्तै ५४ लाख ६४ हजार २४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ८२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा अहिलेसम्म कोरोनाबाट १ लाख २८ हजार १५२ जनाको मृत्यु भईसकेको छ भने २५ लाख ९६ हजार ५३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ८७१ हजार ४३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ५७ हजार १०३ जनाको मृत्यु भएको छ भने १३ लाख १५ हजार ९४१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख १५ हजार ९०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा शनिवार मात्रै ३५ हजार ८८७ जना संक्रमित थपिएका छन् भने ९९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै रुसमा अहिलेसम्म ८ हजार ९६९ जनाको मृत्यु भएको छ भने ६लाख २७ हजार ६४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ ३ लाख ९६ हजार ३५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ५ लाख २९ हजार ५७७ जनालाई संक्रमण भएको छ भने १६ हजार १०३ जनाको मृत्यु भएको छ ।

त्यहाँ ३ लाख १० हजार १४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

त्यस्तै बेलायतमा ३ लाख १० हजार २५० जनालाई संक्रमण भएको छ भने ४३ हजार ५१४ जनाको मृत्यु भएको छ । त्यस्तै त्यहाँ २७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?