स्टार अस्पतालमा उपचाररत युवकको निधन, आरडीटी पोजेटिभ पीसीआर जाँचिदै

काठमाडौं । सानेपामा रहेको स्टार हस्पिटलमा उपचाररत एक युवकको निधन भएको छ । उनलाई निमोनिया भएको थियो । अस्पताल स्रोतका अनुसार निकै नै गम्भिर अवस्थामा उनलाई अस्पताल लगिएको थियो ।

मृत्यु भएका युवकको आरडीटी परीक्षण पोजेटिभ देखिएको थियो । शनिबार साँझ उपचारका क्रममा निधन भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि टेकु पठाइएको छ ।

पीसीआर रिपोर्ट आएपछि कोरोना हो या होइन भन्ने थाँहा हुनेछ ।

उपचारमा संलग्न चिकित्सकसहित अस्पतालका पाँच कर्मचारीलाई आजै क्वारेन्टाइनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?