काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा ‘ग्राफ’ प्रकाशन गर्दै नेपालमा कोरोना भाईरस ‘कोभिड- १९’ को हालसम्मको विवरण प्रस्तुत गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा विवरण राख्दै मन्त्रालयले कहाँ कति संक्रमित मृतक र संक्रमण मुक्त भए भन्नेबारे जानकारी दिएको छ ।
नेपालमा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
शनिबार थप एक जना कैलालीका कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो ।
कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
फोक्सोको क्यान्सरका विरामी उनी भारतमा उपचार गराउँदै आएका थिए । केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको हो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गरिएको छ।
कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ। नेपालमा कोरोना संक्रमण पहिलोपल्ट पुष्टि भएको दिनबाट ५ महिना पूरा भएको छ ।
शनिबार रसुवा जिल्ला सम्म आइपुग्दा नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको हो । आज शनिबार पहिलोपल्ट बाग्मती प्रदेशको रसुवा जिल्लामा संक्रमण फैलिएको हो ।
यस्तै शनिबार १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमध्ये १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् । शनिबार १ सय ३६ गरी आजसम्म २ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
ग्राफमा हेर्नुहोस् :


कहाँ कति थपिए संक्रमित ?
कोशी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : उदयपुरका ३ जना महिला र ४ जना पुरुष,इलामका ५ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : मोरङका १ जना महिला र १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ३ जना पुरुष,महोत्तरीका १ जना महिला र २९ जना पुरुष
नारायणी अस्पताल वीरगञ्जमा गरिएको परिक्षणमा : पर्साका १ जना महिला र १ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका १ जना महिला र १२ जना पुरुष, अर्घाखाँचीका १६ जना पुरुष, बैतडीका ६ जना महिला र १८ जना पुरुष, बझाङका ४ जना पुरुष, बाजुराका १ जना महिला र ३ जना पुरुष, बाराका १ महिला र ७ जना पुरुष, डडेल्धुराका २ जना महिला र ६ जना पुरुष, धादिङका ३ जना पुरुष, डोटीका १५ जना महिला र ३१ जना पुरुष, गुल्मीका २ जना महिला र ५ जना पुरुष, जाजरकोटका १ जना पुरुष, कैलालीका २ जना महिला र ६ जना पुरुष, कञ्चनपुरका ३ जना पुरुष, कपिलवस्तुका १ जना पुरुष, पर्साका १ जना पुरुष, रसुवाका ८ जना महिला र १ जना पुरुष, रौतहटका ३ जना महिला र ३१ जना पुरुष, सल्यानका १३ जना पुरुष, सर्लाहीका ६ जना पुरुष र स्याङजाका ५ जना पुरुष
भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा : चितवनका २ जना पुरुष
किटजन्य अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा : नुवाकोटको ६ जना पुरुष, मकवापुरका २ जना पुरुष
धुलिखेल अस्पताल धुलिखेल प्रयोगशालामा गरिएको परिक्षणमा : बाराका १ जना महिला र ३ जना पुरुष
पाटन अस्पताल गरिएको परिक्षणमा : पाँचथरका १ जना महिला,काठमाडौंका १ जना महिला र ३ जना पुरुष,भक्तपुरका १ जना पुरुष
वीर अस्पताल प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा : बझाङको १ जना महिला र ३ जना पुरुष र डोटीका २ जना पुरुष
त्रिवी विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा : बाजुराका ३२ महिला र ५० पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : नवलपरासी पूर्वका १ जना महिला र १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका ८ जना पुरुष,स्याङजाका ६ जना महिला र १५ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : अर्घाखाँचीका १ जना महिला र १ जना पुरुष, पाल्पाका २ जना महिला र २४ जना पुरुष, प्यूठानका ३ जना महिला र ४६ पुरुष, रुपन्देहीका ३ जना महिला र ५ जना पुरुष
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : बाँकेका २ जना पुरुष,बर्दिया १ जना महिला र ३ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान दाङ प्रयोगशालामा गरिएको परिक्षणमा : दाङका ३ जना महिला र २८ जना पुरुष,कपिलवस्तुका २ जना महिला र ५ जना पुरुष र रोल्पाका १ जना महिला
सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : सुर्खेतका १ महिला र ६ जना पुरुष
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : बैतडीका १ जना महिला र १ जना पुरुष,डोटीका २५ जना महिला, कैलालीका ५ जना महिला र १ जना पुरुष र कञ्चनपुरका २ जना पुरुष
कति भयो परीक्षण ?
शनिबार रियल टाईम पीसीआर ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी आजसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ ।
हेर्नुहोस् ग्राफमा :

कति छन् क्वारेन्टाईनमा
अहिले देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६५ हजार ७ सय १२ जना रहेका छन् । यस्तै देशका विभिनन अस्पतालमा ९ हजार ४ सय ४७ जना उपचाररत रहेका छन् ।
‘कोरोना रिमुभिङ कार्ड’ बारे बोल्यो स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ कार्डमा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भिर असर गर्ने बताएको छ ।
कोरोना संक्रमण रोक्न/नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सो मा गम्भिर असर गर्ने बताएका हुन्। उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सहभागि नेताहरुले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषय प्रति संकेत गर्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रकृया सुरु नभएको भन्दै थपे ‘‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया