काठमाडौं । विभिन्न देशमा कोरोना संक्रमण पछि अलपत्र परेका ९५९ नेपालीलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार शनिबार मात्र विभिन्न देशबाट ९५९ नेपालीलाई काठमाडौं ल्याइएको हो ।
शनिबार नेपाल आएकाहरु हङकङ, यूएई, साउदी अरेबिया, यूकेबाट आएका हुन् । यूएई र साउदी अरेवियाबाट दुई उडान, यूके र हङकङबाट एक उडान गरेर अलपत्र नेपालीको उद्धार गरिएको हो । यूएईबाट भएको दुई उडानमा तीन सय ८७ र साउदी रेवियाबाट भएको दुई उडानबाट चार सय ४० जनाको उद्धार गरिएको छ ।
त्यसैगरी यूकेबाट ८३ र हङकङबाट ८२ जनाको उद्धार भएको सेन्टरले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
यसरी उद्धार गरिएकामध्ये एकजना भारतीय नागरिक छन् । भारतीय नागरिकसहित उद्धार भएकाको कुला संख्या १६० रहेको छ। साउदी अरेबियाबाट ल्याइएका मध्ये एक जनालाई भने टेकु अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया