नेपालमा देखिएका सलह किराहरु (फोटोसहित)

काठमाडौं । खतरानाक ‘सलह किरा’ नेपालमा पहिलोपल्ट देखिएको छ ।

कृषि बालीलाई सखाप पार्ने अमेरिकी फौजी किरा भन्दा हजारौ गुणा खतरानाक ‘सलह किरा’ नेपालको सीमरा, डुबरबाना, सर्लाही, निजगढमा देखिएको हो ।

अफ्रिकी महादेशका केही देशहरु केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा धेरै नै क्षति पुर्‍याएको यो किरा ‘सलह’ नेपालको सीमरा, डुबरबाना र निजगढमा सानो झुण्डमा देखिएको छ ।

यस अघि नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने आंकलन गरेकोमा पछि कृषि मन्त्रालयमा एउटा निकायले ‘यो किरा नेपाल प्रवेश गर्दैन’ भन्दै प्रतिवेदन बुझाएको एक महिना नबित्दै भारतबाट नेपाल छिरेको हो । कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवका अनुसार हाल नेपालमा सानो झुण्डामा देखिएको छ ।

के हो सलह ?

सलह एक प्रकारको फट्यांग्रा जस्तै हुन्छ । एसिया महादेशमा पर्ने देशहरू भारत, पाकिस्तान, इरानका कृषि बालीमा यसले ठूलो क्षति पुर्याएको छ । ती देशका सरकारहरूले यसलाई कोरोना भाइरस र अमेरिकी फौजी किराभन्दा धेरै गुणा क्षति पुर्‍याउन सक्ने भनी दाबी गरिरहेका बेला नेपालमा यसले प्रवेश गरेको हो ।

जानकारहरु भन्छन्- ‘यो किराले बिरुवाका पातहरू खाएर सक्छ। अनि बिस्तारै हाँगा र बाहिरी भाग बोक्रा खान थाल्छ । र यसले बाली सखाप पार्ने क्षमता राख्छ ।’ यो किरा सलह किरा लाखौं वा करोडौँको संख्यामा हुन्छन् । हुल बाँधेर टाढाटाढा सम्म जान्छन्, यिनीहरु । सलह एक दिनमा लगभग एक सय ३० किलोमिटरसम्म हुल बनाएर हिँड्छ । र, बारीमा प्रवेश गर्छन् । यस अगाडी भारतमा यो किराको आतंकको विषयमा सामाजिक सञ्जालमा भिडियो क्लिप्सहरु आएका थिए ।  थप विवरण आउन बाँकी छ ।

तस्वीर : रासस

नेपालमा देखिएका सलह किरा : 

बुटवलमा शनिबार देखिएको सलह किरा ।
बुटवलमा शनिबार सयपत्री फूलमा देखिएको सलह किरा ।
सिमीको झालमा सलह किरा
बुटवलमा शनिबार सिमीको झालमा देखिएको सलह किरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?