मोरङ र डडेल्धुरामा २ जना मृतावस्थामा फेला

काठमाडौं । मोरङ र डडेल्धुरामा २ जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका-५ अधिकारी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी डडेल्धुराको पर्शुराम नगरपालिका-५ पुर्तोलीस्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीया र २२ वर्षीया महिला शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?