हेर्नुहोस् २०७७ साल असार १४ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ असार १४ गते । आईतवार । इ.स.२०२० जुन २८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ शुक्लपक्ष । तिथी– अष्टमी,२४ बजेर ०७ मिनेट उप्रान्त नवमी । नक्षत्र– उत्तरफाल्गुनी,०९ बजेर ०२ मिनेट उप्रान्त हस्त । योग वरियान,२१ बजेर ०० मिनेट उप्रान्त परिध ।

करण– भद्रा,१३ बजेर २१ मिनेट उप्रान्त वव,२४ बजेर ०७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ५ बजेर १२ मिनेटमा, सूर्यास्त १९ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी ३३ पला । अष्टमी व्रत। गोरखकाली पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पुराना रोग पुनह बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्यम रहेकोले प्रतिस्पर्धीहरु नै हाबी हुनेछन् ।

अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागि टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययनमा मन जाने तथा प्रविधिको सहयोगले निरन्तरता दिन सकिनेछ । घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेको छ ।

व्यापार व्यवसायमा समान्य वृद्धि हुनेछ । उपहारका रुपमा विलाशी वस्तु हात लागि हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनःसुचारु हुने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवीहरुका लागि समय मध्यम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा छिमेकीसँग विवाद हुने योग रहेको छ । बिवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्यम रहेको छ ।

यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न । लेखन तथा साहित्य जस्ता क्षेत्रका कामहरु थाती रहनेछन् । तर पनि खेलकुद तथा पराक्रमी क्रियाकलापहरु सामेल भई आफ्नो उत्कृष्ट प्रर्दशन देखाउने अवसर जुर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । गित संगित तथा मोडलिङ पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समय सुधार भएर जानेछ ।

परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ती फिर्ता हुने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ ।

व्यापारमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हात लागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ ।

अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय मध्यम रहेकोले सानो प्रयत्नले कामहरु बन्ने छैनन् । सहयोग गर्नेहरुले हात झिक्नेछन् भने गरीरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ ।

मन परेको मानिससँग टाडिनु पर्दा मन खिन्न हुनेछ । अवसरवादीहरुको चंगुलमा परिने सम्भावना रहेकोछ ध्यान दिनुहोला ।

खानपानमा तथा काममा ध्यान नदिए स्वास्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीतिज्ञको लागि समय मध्यम रहेको छ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ ।

बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ । पढाई लेखाईमा समय दिएपनि नतीजा भनेजस्तो आउने छैन ।

माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अफ्ठेरा परिस्थितीसँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यनमा प्रगती भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ ।

व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनिति तथा राज्यको नजिक बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिनेछ ।

कृतिमानी काम गरी नाम कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?