बालुवाटारमा १ घण्टा लामो वार्तापछि ओली–प्रचण्ड पुगे शीतल निवास

काठमाडौँ, ९ फागुन- सरकार विस्तारबारे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान १० बजे सुरु भएको छलफल एक घण्टा चलेको थियो दुई नेताबीचको छलफल सकिएलगत्तै दुवै जना राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेतावीचको छलफल सरकार विस्तार र मन्त्रालय बाँडफाँडमा केन्द्रीत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?