होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

काठमाडौं । प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले बताए ।

गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टाइनमै बसेकी बालिकाको असार ६ गते मृत्यु भएको हो ।

उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो । बालिका मिर्गौला र रक्त अर्बुदरोगको बिरामी थिइन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?