९ चैत्र २०७९, बिहीवार

वैद्य माओवादी निर्वाचनमा

२०७४,आश्विन,६,शुक्रवार ०२:००

0
Shares

काठमाडौं, ६ असोज- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ । क्रान्तिकारी माओवादीको बिहीबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो, राजधानी दैनिकमा खबर छ ।यसअघि दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको उक्त पार्टीले स्थानीय तह निर्वाचनमा भने ‘उपयोग गर्ने’ रणनीतिअनुसार सहभागी भएको थियो । संविधानसभा बहिष्कार गरी संविधानप्रति असहमति जनाउँदै आएको वैद्य नेतृत्वको माओवादीले निर्वाचनमा सहभागी हुने निर्णय गर्दै ‘मुठी’ चिह्न लिएर निर्वाचनमा जाने भएको हो ।२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई बहिष्कार गरेको तत्कालीन नेकपा–माओवादीको गत वर्ष सम्पन्न केही समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको थियो । सोहीअनुरूप क्रान्तिकारी माओवादीले पार्टीका वरिष्ठ नेता सीपी गजुरेलको अध्यक्षतामा चुनावी मोर्चा बनाएको हो ।पार्टी कार्यालय बुद्धनगरमा दुई दिनसम्म चलेको केन्द्रीय सचिवालय बैठकले प्रदेश तथा प्रतिनिधिसभामा मोर्चा सहभागी हुने निर्णय गरेको पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का अध्यक्ष गजुरेलले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार ०२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००