‘वर्कआउट’ पछि सलमान खानले शेयर गरे ‘शर्टलेस’ तस्वीर, बने ‘ट्रोल’

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान सोसल मिडियामा धेरै नै एक्टिभ हुन्छन् ।

हालै मात्र सलमान खानले जिममा वर्कआउटको बेला खिचेको आफ्नो एक तस्वीर शेयर गरेका छन् । जो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

तस्वीरमा सलमान खान जिममा शर्टलेस बसेको देखिन्छ । उनको पछाडि धेरै जिम इक्विपमेण्ट रहेको देख्न सकिन्छ ।

सलमान भने हातमा सेलफोन लिएर बसेको देख्न सकिन्छ । उनले यो तस्वीर शेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘मैले भर्खरै मेरो वर्कआउट सकेको छु ।’

सलमान खानका फ्यान्सहरु उनको तस्वीर मन पराईरहेका छन् भने उता सुशान्त सिंह राजपुतका फ्यान्सहरु रिसाईरहेका छन् र उनको फोटोलाई ट्रोल बनाइरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?